Logo

राष्ट्र बैंकद्धारा यी बैंकलाई कारबाही



काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरित कर्जाको प्रिमियम बढाउने वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । हिमालयन, सनराइज, ग्लोबल, आइ.एम.ई र मेगा बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले वित्तिय संस्थालाई जारी गरेको निर्देशन २०७८ को निर्देशन नं १५ (३) (८)मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणिलाई दिइने व्यवस्था विपरित उक्त बैंकहरुले कर्जाको प्रिमियम घटबढ गरेको बताएको छ ।

केन्द्रीय बैंकले प्रथम पटक बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको समेत उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्