Logo

धनुषा–४ ‘ख’ बाट एमालेका हरिनारायण महतो निर्वाचित



काठमाडौं, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित भएका छन् ।

उनी नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् ।

वि.सं. २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए ।

हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९०६ मत प्राप्त गरे ।

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्