Logo

राष्ट्र बैंकले प्रभु, कुमारी र प्राइम बैंकलाई सचेत गरायो



काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैयमासमा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ ।

केन्द्रीय बैंकले प्रभु बैंक लिमिटेड, बैंक अफ काठमाडौं लिमिटेड, कुमारी बैंक लिमिटेड र प्राइम कमर्सिलय गरी चार बैंकलाई रोक्का राख्न निर्देशन दिएको खाताहरुमा कारोबार गरेपछि कारवाही स्वरुप सचेत गराएको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्