Logo

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक, नयाँ बन्ने सरकारमा सहभागीबारे छलफल



काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा सरकार गठनबारे पनि छलफल सुरु भएको जनाईएको छ ।

सत्ता गठबन्धनले नै सरकार बनाउनेगरि गृहकार्य थालेपछि सो पार्टीले आफ्नो सचिवालय बैठक बोलाएको हो । सत्ता समिकरणमा नेकपा (एस) ले राष्ट्रपति वा सभामुखमध्ये एक पदमा दाबी गर्ने बुझिएको छ ।

राष्ट्रपतिको लागि सो दलका सम्मानित नेता झलनाथ खनालको दाबी छ । तर, राष्ट्रपति नपाएको र सभमुख पाएको अवस्थामा भने राजेन्द्रप्रसाद पाण्डेलाई सभामुख बनाउने अध्यक्ष माधवकुमार नेपालको तयारी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot