Logo

झिनो अंकले बढ्यो नेप्से



काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो ।

यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ हजार रुपैयाँको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्