Logo

सुकुम्वासीलाई डोजर लगेर पेलेको भन्दै केपी ओली मेयर बालेनसँग आक्रोशित



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती खाली गराउने नाममा वर्तमान सरकारको आडमा महानगरले जबरजस्ती गरेको भन्दै आलोचना गरेका छन् । उनले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको भन्दै महानगरको भूमिकाको आलोचना गरेका हुन् ।

आज (मंगलबार) राष्ट्रिय जन सांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘सुकुम्वासी बस्तीमा तमासा, त्यहाँ तमासा गर्ने हाकिमका कुरा सुन्दा खेरी हामीलाई पुलिसले हामीलाई सहयोग नै गरेन । नत्र त जित्यौँ। त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ । के के न बहादुरी गरेजस्तो ? शत्रु देशको लडाइँजस्तो। भाषा, शैली र तरिका छ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्