Logo

सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी, गच्छदारको संसदीय यात्रामा ब्रेक



काठमाडौं, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ ।

त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा “ख” मा एमालेका रामदेव यादव निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गरेका हुन् । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्