Logo

चुनाव जितेकोमा गगन-विश्वप्रकाशबीच बधाई साटासाट, ‘मिसन पिएम’ अभियान सुरु



काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट र सफल कार्यकालको शुभकामना आदानप्रदान गरेका छन् । शर्मा झापा-१ र थापा काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्मा आज थापालाई बधाई दिनको लागि उनकै निवासमा पुगेका हुन् । शर्माले यसअघि नै गगनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने र प्रस्तावक बस्ने घोषणा गरेका थिए । यो कुरा शर्माले आजको भेटमा पनि दोहोर्याएका छन् । थापालाई प्रधानमन्त्री बनाउने अभियान चाँडै सुरु गर्ने पनि शर्माले आज घोषणा गरेका छन् ।

थापाले निर्वाचनमा भाग लिन जाँदै गर्दा नै आफू प्रधानमन्त्रीको दाबेदार भएको भन्दै मत मागेका थिए । उनले पार्टीभित्र संसदीय दलको नेताको चुनाव लड्ने घोषणासमेत गरेका छन् । थापाको घोषणामा कांग्रेस पाका नेताहरुले साथ दिएका छैनन् । तर, युवा नेताहरुले भने खुलेरै साथ दिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्