Logo

समानुपातिकतर्फ १ करोड मत गन्दा एमाले पहिलो दल



काठमाडौं, मंसिर १४ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा (एमाले)ले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलाे दल बनेकाे हाे । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेकाे छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेकाे छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस्