Logo

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै



काठमाडौं, मंसिर १४ । पुराना चार वटा राजनीतिक दलसँगै थप तीन वटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ ।

प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो ।

अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सिके राउतको जनमत पार्टी राष्ट्रिय पार्टीकोे सूचीमा थपिएको छ ।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको समानुपातिकतर्फ मतगणनाको नतिजा आयोगको प्रणालीमा समावेश गर्ने क्रम जारी छ । अहिलेसम्म करिब ९७ लाखभन्दा बढी गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्