Logo

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा



काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् ।

क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो ।

जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अंक र वेल्स एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८औं मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

रातिनै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो ।

रसफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा
मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ ।

मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । यसैसमूहबाट अमेरिका उपविजेता बन्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस रसफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५०औं मिनेटमा रसफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

५२औं मिनेटमा कप्तान ह्यारी केनको पासमा उपलब्ध सदुपयोग गर्दै फोडेनले गोल गरे । ६८ औं मिनेटमा रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्