Logo

अर्काको नाममा लाइसेन्स परीक्षा दिने युवक पक्राउ



काठमाडौं, मंसिर १४ । अर्काको नाममा सवारी चालक अनुमतिपत्रको परीक्षा दिने युवकलाई पक्राउ परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका–१५ का २६ वर्षीय अरुण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रमा अर्केको नाममा परिक्षा दिन पुगेका मण्डलले बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन पुगेका थिए । हाल उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्