Logo

सुनसरी–४ : सञ्चारमन्त्री कार्की ३ सय ९९ मतले अगाडि



काठमाडौं, मंसिर १४ । सुनसरी–४ मा नेपाली कांग्रेसतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता कायम राखेका छन्।

बुधबार इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्। कार्कीका निकटतम् स्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्।

हाल सो क्षेत्रअन्तर्गत वराह क्षेत्र नगरपालिकाको वडा नम्बर ११ को मतगणना हुँदैछ। त्यसपछि बाँकी दुई वडा नम्बर बराह क्षेत्रको १० र कोशी गाँउपालिकाको वडा नम्बर ६ को मतगणना हुनेछ।



प्रतिक्रिया दिनुहोस्