Logo

यी हुन् समानुपातिकतर्फ २ लाख मत कटाउने दल



काठमाडौं, १४ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले ५४ सिटमा विजयी हासिल गरेको छ । एक स्थानमा अझै अग्रता लिएको छ ।

समानुपातिक तर्फ नेकपा (एमाले)ले धेरै मत ल्याएको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्म १ करोड २४ हजार ३०५ मत गणना हुँदा एमालेले २६ लाख ९९ हजार २५७ मत प्राप्त गरेर पहिलो दल बनेको छ ।

त्यस्तै, प्रत्यक्ष तर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५६ हजार २४७ मत ल्याएर दोस्रो स्थानमा छ । निर्वाचन आयोगको अनुसार नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४२ हजार ७ सय ५२ मत पाएको देखिन्छ । त्यसैगरी ५ महिना अघिमात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १० लाख ९८ हजार १४६ मत पाएर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६८३ मत ल्याउँदा जनता समाजवादी पार्टी नेपालले ३ लाख ९५ हजार ३०३ मत पाएका छन् । जनमत पार्टीले ३ लाख ५८ हजार ८८३, नेकपा (एकीकृत समाजवादी)पार्टीले २ लाख ८२ हजार ४८६ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३५२ मत ल्याएको छ ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ७६३, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६३८, हाम्रो नेपाली पार्टीले ५३ हजार ९२४,मंगोल नेशनल अर्गनाइजेशनले ४७ हजार ८१०, राष्ट्रिय जनमोर्चाले ४५ हजार ७२८ मत समानुपातिक तर्फ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्