Logo

एकनाथ ढकालद्धारा एमाले अध्यक्ष ओलीलाइ बधाई ज्ञापन



काठमाडौं, १४ मंसिर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नेकपा (एमाले) अध्यक्ष नवनिर्वाचित सांसद केपी शर्मा ओलीलाई बधाई दिएका छन्।

दलका महामन्त्रीद्वय सन्तोष पौडेल र प्रकाशबाबु थापासहित ओली निवास बालकोटमा पुगी नेता ढकालले प्रतिनिधि सभामा निर्वाचित भएकोमा र लोकप्रिय मतमा सबै पार्टी भन्दा नेकपा एमाले अघि भएकोमा अध्यक्ष ओलीलाई बधाई दिएका हुन्।

परिवार दलका अध्यक्ष ढकाल एमालेसंगको सहकार्यमा प्रतिनिधि सभामा सुर्य चिन्हबाट समानुपातिक उम्मेदवार समेत रहेका छन्।



प्रतिक्रिया दिनुहोस्