Logo

जुवा खेल्ने पाँच जना पक्राउ



झापा, १४ मंसिर । जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्