Logo

प्रदेशसभामा कुन दलले कति सिट सुरक्षित गरे



काठमाडौं, १४ मंसिर । देशभर मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये परिणाम आएका १ सय ६२ क्षेत्रका नतिजा आउँदा नेपाली कांग्रेसले ५४ क्षेत्रमा सफलता हात पारेको छ ।

नेकपा एमालेले ४४ स्थानमा विजयी हासिल गरेर दोस्रो स्थानमा छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको १७ सिट सुरक्षित गर्दा नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा जित हासिल गरेको छ।

प्रदेश सभाको कुल ३३० क्षेत्रमध्ये नेपाली कांग्रेसले १ सय ५ सिट जितेको छ । एमालेले ९० सिट सुरक्षित गर्दा माओवादी केन्द्रले ५३ सिटमा विजयी हासिल गरेको छ । त्यसैगरी, एकीकृत समाजवादीले १४ सिटमा सफलता हासिल गर्दा स्वतन्त्र उम्मेदवारहरुले १२ सिटमा जित हात पारेका छन् ।

प्रदेश सभामा राप्रपाले ११, जसपा नेपालले १०, लोसपाले ९, जनमत पार्टीले ७ र नागरिक उन्मुक्ति पार्टीले ५ सिटमा जित निकालेका छन् ।



प्रतिक्रिया दिनुहोस्