Logo

सिद्धार्थ–कियाराको विवाह कहिले ?



एजेन्सी, १४ मंसिर । केही समय अघि बलिउड अभिनेत्री कियारा र सिद्धार्थ मल्होत्रा जनवरी २०२३ मा विवाह बन्धनमा बाँधिने खबरहरु आइरहेका थिए । तर, अहिलेसम्म दुवैले विवाहको बारेमा कुनै घोषणा गरेका छैनन् । यसैबीच, हालै यो जोडीको विवाहको खबर अन्त्यै मोडिएको छ ।

अहिले कियाराको करियरको उत्कृष्ट चरण चलिरहेको छ, यस्तो अवस्थामा विवाहले उनको करियरमा ब्रेक लाग्न सक्ने उनका निकट साथीहरुको भनाइ छ ।

केही समयअघि शाहिद र कियारा कफी विथ करणको शोमा पुगेका थिए । जहाँ कुराकानीका क्रममा शाहिदले कियारा आडवाणीले वर्षको अन्त्यमा ठूलो घोषणा गर्न सक्ने संकेत दिएका थिए । जुन कुनै फिल्मको हुनेछैन । शाहिद कपूरले कियारा र सिद्धार्थले छिट्टै विवाह गर्न सक्छन् भन्ने भनाइपछि सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । त्यसयता फ्यानहरु यो जोडीको बिहेको पर्खाइमा छन् तर उनीहरुका साथीका अनुसार अहिले उनीहरुको बिहेको कुनै योजना छैन ।

कियारा र साउथ स्टार राम चरण हाल न्यूजिल्याण्डमा आफ्नो आगामी फिल्म ‘आरसी १५’ को सुटिङमा छन् । यो फिल्म दुबैको पहिलो प्यान इन्डिया फिल्म हो, जसको निर्देशन एस. शंकरले निर्देशन गरिरहेका छन् । केही दिनअघि कियाराले सुटिङको तस्बिर सेयर गरेकी थिइन् । आरसी १५ को कुरा गर्ने हो भने यो पोलिटिकल एक्सन थ्रिलर फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म अर्को वर्ष सिनेमाघरमा रिलिज हुनेछ ।

कियाराले सन् २०१४ मा फिल्म ‘फग्ली’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘शेर शाह’, ‘भूल भुलैया २’, ‘जुग जुग जियो’ जस्ता सुपरहिट फिल्ममा काम गरे । कियाराको आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै ‘सत्यप्रेम की कथा’, ‘गोविन्द नाम मेरा’ जस्ता फिल्ममा देखिनेछिन् । कियाराको आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै ‘सत्यप्रेम की कथा’, ‘गोविन्द नाम मेरा’ जस्ता फिल्ममा देखिनेछिन् ।



प्रतिक्रिया दिनुहोस्