Logo

‘अवतार २’ केरलामा रिलिज नहुने



एजेन्सी, १४ मंसिर । दर्शकहरू फिल्म ’अवतार २’ को लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। हलिउडदेखि बलिउडका फ्यानहरूले यो फिल्म हेर्न अग्रिम बुकिङ गरिरहेका छन् । यसैबीच, फिल्मको रिलिजलाई लिएर एउटा समाचार बाहिर आएको छ जसले फ्यानहरूलाई चकित बनाएको छ।

वास्तवमा, केरलाका थिएटर मालिकहरूले ’अवतार २’ रिलिज गर्न अस्वीकार गरेका छन्। फिल्म एक्जिबिटर्स युनाइटेड अर्गनाइजेसन अफ केरलाले अवतार २ को केरलामा रिलिज हुन नदिने घोषणा गरेको छ। रिपोर्टमा विश्वास गर्ने हो भने यसको कारण नाफालाई लिएर फिल्मका वितरक र हलका मालिकबीचको विवाद रहेको बताइएको छ ।

‘अवतार २’ का वितरक फिल्म रिलिजपछि पहिलो हप्ताको कमाइको ६० प्रतिशत दिन चाहन्छन् भने थिएटर मालिकले ५५ प्रतिशत मात्रै दिन चाहन्छन् । यही विषयमा दुईबीच विवाद छ ।



प्रतिक्रिया दिनुहोस्