Logo

सुनसरी–४ मा कार्की र कुसियैतबीच कडा टक्कर, कस्ले मार्ला बाजी



काठमाडौं, १४ मंसिर । प्रतिनिधि सभा सदस्यको लागि सुनसरी–४ मा मतगणना जारी छ । नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

करिब साढे पाँच हजार मत गन्न बाँकी हुँदा सञ्चार मन्त्री कार्कीले ६२ मतले अग्रता लिएका छन् । गणनाको अन्तिमतिर आइपुग्दा एमालेका कुसियैतले मतान्तर घटाउँदै ल्याएका हुन् ।

कार्कीले २७ हजार ४४० मत पाउँदा कुसियैतले २७ हजार ३८२ मत प्राप्त गरेका छन् । आज बेलुकासम्म मतपरिणामको नतिजा आउने जनाइएको छ। कार्की र कुसियैतबीच कस्ले मार्ला बाजी त्यो भने रोचक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्