Logo

नेप्सेमा सामान्य गिरावट



काठमाडौं, १४ मंसिर । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज शेयर बजारमा ३ दशमलव ५१ अंकले घटेर १९४९ दशमलव ८५ अंकमा बन्द भएको छ ।

आज वित्त कम्पनीको उपसुचक सर्वाधिक १ दशमलव ०९ प्रतिशतले घटेको हो ।

बुधबार नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता शेयर खरिद विक्रि हुँदा ८४ करोड २६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्