Logo

रिफ्रेश हुन प्रचण्ड पुगे सुकुटे, सभामुख सापकोटा पनि साथमै



काठमाडौं, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। यसअघि पनि दाहाल सुकुटे जाने गरेका थिए । निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । प्रचण्ड आफ्नो छोरीहरु रेनु र गंगा दाहालको साथमा पुगेका छन् ।

उनीसँगै सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् । सिन्धुपाल्चोक-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेललगायत भोटेकोसी नदीमा र्‍याफ्टिङसमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्