Logo

स्याङ्जा–२ मा कसले कति मत पाए !



काठमाडौं, १५ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको स्याङ्जा–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उपसभापति एवं उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै गएका छन् ।

प्राप्त मतपरिणाम अनुसार गुरुङले ५३ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेकी सचिव पद्या अर्यालले ३९ सय ८७ मत पाएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १३ सय ८४ मत ल्याएका छन् । कांग्रेसले धाँधली गरेको भन्दै पुनः मतदानको माग गर्दै सो क्षेत्रको मतगणना स्थगित गरेको थियो ।

बुधबार निर्वाचन आयोगले सो क्षेत्रमा मतगणना गर्न निर्देशन दिएसँगै डेढ सातापछि गणना सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot