Logo

इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो



काठमाडौं, १५ मंसिर । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो ।

बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ ।

यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्ना दर बढेको देखिएको हो ।

यहाँका मानिसहरु अस्पतालको पनि आइसियुमा भर्ना हुने गरेका छन् । यो सङ्ख्या पनि अघिल्लो हप्ताका तुलनामा नौ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अस्पतालहरुमा यसरी बृद्धि भएका सङ्क्रमितहरुमध्ये खोप नलगाएका मानिस धेरै रहेका छन् । कोभिडको खोप लगाएका व्यक्तिका तुलनामा नलगाएका मानिस धेरै अस्पताल भर्ना भएका पाइएको र यो सङ्ख्या ३० प्रतिशत रहेको छ ।

यहाँ कोभिडको खोप लगाएका नागरिकभन्दा खोप नलगाएका नागरिक अस्पताल भर्ना हुने दर ३० प्रतिशत रहेको देखिएको ती स्वास्थ्य संस्था तथा अधिकारीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्