Logo

निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको गगन थापाको भनाई



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको विकासको लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् । आज (बिहीबार) आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशको पैसा बाँड्ने कुरामा दलहरुबीच प्रतिष्पर्धा नै भैरहेको छ ।

उनले भने,‘मलाई त अब प्रतिष्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ । प्रतिष्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु रुकति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्नेकुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ । माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि प्रतिष्पर्धा छ । कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ । हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot