Logo

को हुन् संगीतकार सुनिल गिरीसँग विहे गर्ने भाग्यमानी युवती !



काठमाडौं, १५ मंसिर । ‘को होला त्यो’ गीतका गायक तथा संगीतकार सुनिल गिरी विवाह बन्धनमा बाधिएका छन् । चर्चित संगीतकार गिरीले अञ्जु आचार्यसँग विवाह गरेका हु्न् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिएका हुन् । गीतमा शब्द, संगीत र स्वर पनि गिरी आफैले दिएका छन् । भिडियो नेपाल र जर्मनीमा छायांकन गरिएको छ ।

केही वर्षअघि देखि गिरी र आर्चाय प्रेममा रहेको बुझिएको छ ।

विवाहपछि सुनिलले लेखेका छन्,अँगालो हाली सम्झाउन मन छ, तिमी घरको इज्जत हो अब
खुशीले सिमा नाघेर आयो, लगनको गाँठो बाँधियो जब

 



प्रतिक्रिया दिनुहोस्