Logo

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा ताला, केही कर्मचारी भित्रै थुनिए



काठमाडौं, १५ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो ।

तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो ।

बाहिरबाट ताला लगाउँदा केही कर्मचारी भित्रै थुनिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot