Logo

यी हुन पीएचडी गरेका निर्वाचित सांसदहरु



काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम करिब करिब आईसकेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमार्फत संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा यो निर्वाचनमार्फत पीएचडी गरेका सांसदहरु पाँच जनाको प्रवेश भएको छ ।

कांग्रेसका नारायण खड्का पीएचडी हुन् । उनी अहिले नेपाल सरकारका परराष्ट्रमन्त्री हुन् । गुल्मीबाट निर्वाचित कांग्रेसका चन्द्र भण्डारी पनि पीएचडी हुन् । त्यस्तै, कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट सर्लाहीबाट चुनाव जितेका अमरेशकुमार सिंह पनि पीएचडी हुन् ।

सप्तरीबाट निर्वाचित सांसद चन्द्रकान्त राउत पनि पीएचडी हुन् । उनी जनमत पार्टीका अध्यक्ष हुन् । जनता समाजवादी पार्टीबाट सिरहा–४ बाट निर्वाचित सांसद वीरेन्द्रप्रसाद महतो पीएचडी हुन् ।



प्रतिक्रिया दिनुहोस्