Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



उदयपुर,१५ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–४ बर्खे डाँडा बस्ने ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

ज्ञान बहादुर र सोही ठाउँ बस्ने ३५ वर्षीय टिकाराम बिसुङ्खेले ती महिलालाई २०७९ भदौमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूमध्ये ज्ञान बहादुरलाई पक्राउ गरेको हो ।

हाल फरार टिकारामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्