Logo

एकता प्रक्रिया थाल्ने वाम समाजवादी दलको सक्रियता



काठमाडौं, मंसिर १६ । विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति गठन गरेर पार्टी एकताको कार्यलाई अन्तिम रूप दिने तयारीमा शीर्ष नेता जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा राष्ट्रिय एकता अभियानका बीचमा पार्टी एकताका लागि गृहकार्य भएको हो । पार्टी एकतामा केही साना कम्युनिस्ट पार्टीसहित स्वतन्त्र समूहसमेत सहभागी हुँदैछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान पार्टी एकताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच छलफल हुनुअघि नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच समेत पार्टी एकताबारे छलफल भएको थियो ।

‘स्थानीय तहको निर्वाचनपश्चात् नै हामीले पार्टी एकता संयोजन समिति गठन गरेर टुंगो लगाउने’दयगत छलफल गरेका थियौं । अहिले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकपश्चात् सरकार गठन गरी पार्टी एकतालाई टुंगो लगाउने सहमति जुटेको छ,’ माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ । यसमा एमाले परित्याग गरेका घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूको समेत सहभागीता’दयगत नेतासँग छलफल थालिएको बताइन्छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले सहमत हुने दलबीच पार्टी एकता हुने बताए । यसअघि छलफल भए पनि निर्वाचनमा जुटनुपर्ने भएकाले केही टुंगो लाग्न सकेन् । आउने दिनमा छलफल गर्दै सहमति जुट्ने दलबीच एकता गर्दै अगाडि बढ्न सकिने उनले बताए ।

एकीकृत समाजवादीका उपमहासचिव उपमहासचिव डा। गंगालाल तुलाधरले पार्टी एकताका लागि आफूहरूले निर्वाचनअघि नै निर्णय गरेको र माओवादीसहित अन्य दलले समेत निर्णय गरिसकेपछि बाँकी काम समेत आगाडि बढ्ने बताए । राजधानी दैैनिकबाट



प्रतिक्रिया दिनुहोस्