Logo

शुभकामना दिन खुमलटार नआउन प्रचण्ड सचिवालयको आग्रह



काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बधाई तथा शुभकामना दिन खुमलटार नआउन आग्रह गरेको छ ।

बधाईका नाममा हुने भड्डकिलो खर्चबाट जोगाउन यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।

गत मंसिर १६ गते भएको निर्वाचनमा माओवादीले प्रत्यक्षमा १७ सिटमा जित हासिल गरेको छ । प्रचण्डले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्