Logo

उमेश श्रेष्ठको खुलासा : रवि लामिछाने कांग्रेस प्रवेश गर्न चाहन्थे (भिडिओसहित)



काठमाडौं, १६ मंसिर ।  नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले भने, ‘रवि लामिछानेसँग मेरो सम्बन्ध हिजो पनि नराम्रो थिएन, आज पनि छैन । कोभिडका बेला मेरो अस्पताल रविलाई निःशुल्क चलाउन दिएको थिएँ । त्यसबाटै उहाँले नाम कमाउनुभयो । चितवन ३ बाट लड्ने भनेको मानिस मनोनयन दर्ताको दिन अल अफ सडन मेरो क्षेत्रमा आइपुग्नुभयो । मसँग प्रतिस्पर्धा गर्न आउनुभयो । उहाँको अधिकारको कुरा भयो । मलाई रविका निकटस्थ साथीहरुले नेपाली कांग्रेसमा प्रवेश गराउन भन्नुभएके थियो । रविजीको पनि रुचि थियो । मैले एकदुई ठाउँमा भनेको हुँ । कांग्रेसबाट निर्णय आएन । तर पछि गएर त्यत्तिकै सेलायो । अहिलेको घन्टी भनेको हुरी बतास हुन्डरी हो । गल्ली गल्लीमा पुगेर विकास हुँदैन ।’

पार्टीकै अन्तर्घातका कारण चितवन २ मा पराजित हुनुपरेको बताएका छन् । ‘मलाई युवा साथीहरुले अन्तर्घात गर्नुभयो । यो जगजाहेर छ । म अहिले नाम लिन चाहन्नँ । यसबारे देशभरि चर्चा छ । ती साथीहरुले मलाई मात्र होइन, बीसौं साथीहरुलाई चुनाव हराए ।’



प्रतिक्रिया दिनुहोस्