Logo

सेतो कागजमा कालो मसीले लेख्न थालेसँगै मानवता हराएको भन्दै विश्वभक्त चिन्तित



भगवानले जोगाएको सम्पत्ति मानवले संरक्षण गर्न सकेनन्
काठमाडौं, १६ मंसिर । सामाजिक अभियन्ता होमबहादुर कार्की ‘विश्वभक्त’ले मानवले भगवानले जोगाएको सम्पत्तिलाई संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन् ।

कार्कीले रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै देशमा एउटा मानवलाई अर्को मानवले सक्काउनी खेल भइरहेको बताए ।

उनले भने,‘एकले अर्का मानवलाई धम्की दिने, होच्याउने, सक्काउने, रावण जस्तो बन्न खोज्नी यो कहाको नियम हो ?’ बाउबाजेले कालो पार्टीमा सेता अक्षरले लेख्ने समयसम्म मानिसहरु मानव रहेको भन्दै सेतो कागजमा कालो मसीले लेख्न थालेपछि मानवता हराउँदै गएको बताए ।
गोली र बारुद पड्काएर मानिस मार्नेलाई वाहावाहा गर्नेलाई मानवता नभनिने धार्मिक अभियन्ता समेत रहेका कार्कीको भनाइ छ । गरिबको पसिनाले बाँचेको नेपाली सेनाले पनि राष्ट्रको रक्षा गर्न नसकेको उनले टिप्पणी गरे ।

उनले नेपाली दाजुभाईहरु जुधाएर तमासा हेर्नेहरुको संख्या बढ्दै गएमा देशमा अशान्ति बढ्ने बताए । निर्वाचनको क्रममा निर्वाचन आयोगले गरेको गल्तीबारे कुनै पनि मिडियाले नलेखेको भन्दै उनले आपक्ति जनाए ।

भिडियो हेरौं

 

 



प्रतिक्रिया दिनुहोस्