Logo

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा



काठमाडौ, मंसिर १७। कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्जुरी समयमा गोल गर्दै पराजित गरेपछि दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ । हारका वावजुद पोर्चुगल भने समूह विजेताकै रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेलको चौथो मिनेटमै रिकार्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो । तर खेलको २६ औं मिनेटमा किम योङ(ग्वाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

९० मिनेट सम्म बराबरीमा गएको खेलमा इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै कोरियाले खेलमा अग्रता लिएको थियो । युरोपेली लिग खेल्ने सन ले दिएको पासमा ह्वाङ ही(चेन ले गोल गर्दै कोरियाको जित पक्का गरेका थिए ।

एशियाबाट यस अघि जापान पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

लगातार २ खेल जित्दै यस अघि नै नकआउटमा प्रवेश गरिसकेको पोर्चुगल समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग २(१ पराजित भएको छ ।

२ जित र १ हार पछि ६ अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो भने १ जित र १ बराबरी नतिजा निकालेको उरुग्वे र दक्षिण कोरियाले समान ४ अंक जोडे । उरुग्वेलाई गोल अन्तरमा पछि पार्दै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

यो समूहमा पोर्चुगललाई पराजित हुँदा पनि समूह विजेता भएर खुसी मिल्यो भने उरुग्वेले घानालाई २(० गोल अन्तरले पराजित गर्दा पनि समूह चरणबाटै बाहिरिनु पर्‍यो । उरुग्वेलाई अन्तिम खेल जित्नुको कुनै अर्थ भएन ।

अफ्रिकी टोली घाना अन्तिम खेलमा उरुग्वेसँग २(० ले पराजित भएपछि उ पनि समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगलले ब्राजिल सम्मिलित समूहको उपविजेतासँग र दक्षिण कोरियाले विजेतासँग अन्तिम ८ मा स्थान बनाउन प्रतिस्पर्धा गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्