Logo

समानुपातिकमै समावेशी प्रतिनिधित्वको भर



काठमाडौं, मंसिर १७ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ तीन निर्वाचन क्षेत्रको मतपरिणाम आउन मात्रै बाँकी छ ।

प्रत्यक्षतर्फको प्राप्त परिणाम बमोजिम १६२ निर्वाचन क्षेत्रमध्ये ९३ स्थानमा खसआर्य निर्वाचित भएका छन् । परिणाम आएको निर्वाचन क्षेत्रमा ५७ प्रतिशत खसआर्य छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्नेमा प्रत्यक्षतर्फ मात्र आठ जना निर्वाचित भएका छन् । जुन निर्वाचित भएकाको चार प्रतिशत मात्र हो ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले प्रत्यक्षमा जे–जसरी निर्वाचित भए पनि राजनीतिक दलले बुझाएको बन्दसूचीबाट सम्बन्धित ‘क्लस्टर’को सङ्ख्या पु(याएर नै सङ्घीय संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिने बताए ।

उनले आयोगमा राजनीतिक दलले बुझाएको बन्दसूचीमा सबै ‘क्लस्टर’मा ५० प्रतिशत महिला उम्मेदवार रहेकाले ऐनले सुनिश्चित गरेको समावेशी आधार बन्दसूचीबाट सुनिश्चित गरिने बताए ।

निर्वाचन परिणामबमोजिम आठ जना महिला निर्वाचित भएकोमा चार जना खसआर्य, दुई जना मधेशी र दुई जना आदिवासी जनजाति समावेशी समूहका छन् । प्रतिनिधि सभा सदस्य ऐनले उम्मेदवारको बन्दसूचीका लागि तोकेको समावेशी आधारमा थारू समुदायबाट ६.६ प्रतिशत र मुस्लिमबाट ४.४ प्रतिशत हुनुपर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्