Logo

अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने



काठमाडौं, मंसिर १७ । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ ।

राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ । आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्