Logo

सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार



काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने बलियो सम्भावना देखिएको छ । बाँकी तीनवटा प्रदेशमा पनि मिलीजुली सरकार बनाउनुपर्ने अवस्था देखिएको छ ।

प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा वर्तमान सत्ता गठबन्धन वा विपक्षी एमाले गठबन्धन कसको नेतृत्वमा सरकार बन्छ भन्ने अड्कल काट्न सक्ने अवस्था छैन । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्