Logo

डी.ए.भी. विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सुरू



ललितपुर, मंसिर १७ । ललितपुरस्थित डी.ए.भी. विद्यालयले शिक्षकहरूलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी शुक्रबार सुरु गरेको छ ।

विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरूको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरूको रहेको छ । सोहीअनुसार मुख्य प्रशिक्षक जोएल एस गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरूको पहिचान, उनीहरूलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषय प्रस्तुत गरे ।

विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुईमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबर समेत रहेको बताइन् ।

डी.ए.भी. विद्यालयकी प्राचार्य डा भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन् । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभुति गर्न सक्नुपर्छ’ डा रावले भनिन् ।

एक कदम अगाडि बढ्दै उनले अभिभाबकहरूलाई समेत यस विषयमा प्रशिक्षण गर्न सके आफ्ना सन्तानको अभिभावकत्व कुशल ढङ्गबाट हुन सक्ने बिचार राखिन् ।

अध्ययनले बताए अनुसार न्यूरोडाइभरजेन्ट व्यक्तिहरुको दीमाग अत्यन्तै सक्रिय रहने गर्दछ र यसलाई उनीहरुको रुची अनुसार सहि दिशा निर्देशन गर्न सके उनीहरुले समाज, राष्ट्र र विश्वकै लागि अतुलनिय योगदान पु(याउन सक्दछन् । तर यसलाई नबुझी सामान्य व्यक्ति अनुरुप शिक्षा दीक्षा दिए उनीहरु जीवनमा असफल रहने अध्ययनले देखाएको छ ।

प्रशिक्षणको दोस्रो दिन गोडी सँगै अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स फाउन्डर न्यूरोगीफ्टेड र तेस्रो दिन सारा लुईस फाउन्डर वार्यड डीफ्रेन्टली, यू.के र सूइडेनी ईलीजावेथ विकल्याण्डरको पशिक्षण रहनेछ ।



प्रतिक्रिया दिनुहोस्