Logo

शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुपर्छ : जबरा (भिडिओसहित)



काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा ललितपुर–१ का नवनिर्वाचित सांसद उदयशमशेर जबराले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । उनले देउवाकै नेतृत्वमा चुनाव जाँदा र गठबन्धन गर्दा कांग्रेस पहिलो दल बनेको भन्दै उनले त्यसको लागि पनि देउवा नै प्रधानमन्त्री बन्नुपर्ने तर्क गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सबैको आफ्नै धारणा हुन्छ । शेरबहादुर देउवाले चाहेको हो भने, अरुले रिप्लेस गर्न त संसदीय दलको नेतामा चुनिनुपर्यो नि । अहिले चाहना धेरैले गरेका छन्, तर अन्तिमसम्ममा को को उठ्छन् ? त्यो हेर्न बाँकी छ । अहिले मेरो फष्ट च्वाईस भनेको शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

उनले युवाहरुले देश चलाउने कुरा भन्न त सकिने सुनाए । उनले देउवा गठबन्धनकै नेता भएकोले र गठबन्धनकै नेतृत्वमा सरकार बन्दाखेरि देउवा नै नेतृत्वमा रहने कुरा सान्दर्भिक रहने सुनाए । उनले प्रधानमन्त्रीमा देउवाले चाहना राख्दासम्म अरुले दाबी गर्नु उपयुक्त नहुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्