Logo

ओखलढुंगाका नवनिर्वाचित सांसदहरुको प्रधानमन्त्री देउवासँग भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, १७ मंसिर । ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रामहरि खतिवडा, प्रदेशसभामा निर्वाचित सांसदद्धय प्रदिप सुनुवार र बाबुराम गौतमले आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।

सो क्रममा उनीहरुले प्रधानमन्त्री देउवालाई निर्वाचन जितेकोमा बधाई दिएका थिए । त्यस्तै, उनीहरुले ओखलढुंगाको विकासको लागि पनि प्रधानमन्त्री देउवासँग छलफल गरेको खतिवडाको सचिवालयले जनाएको छ । एउटामात्रै संघीय निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा लोकतान्त्रिक–वाम गठबन्धन थियो । सो क्षेत्रबाट गठबन्धनका तीनै जना उम्मेदवारले जितेका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले जनचाहनाअनुसार काम गर्नको लागि नवनिर्वाचित सांसदहरुलाई आग्रह गरेका थिए । जिल्लाको समग्र विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेबारे सोच्न र सोहीअनुसार काम गर्न देउवाको निर्देशन रहेको खतिवडाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्