Logo

भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री देउवा, सरकार गठनबारे चासो



काठमाडौं, १७ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न आज राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई सफल रुपमा निर्वाचन सम्पन्न गराएकोमा बधाई दिएका थिए । यसको साथै, राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे चासो राखेको बुझिएको छ ।

निर्वाचनको करिब करिब अन्तिम परिणाम आइसकेको छ । बाजुरा, स्याङजा–२ र दोलखामा पनि मतगणना जारी छ । समानुपातिकतर्फ पनि करिब करिब मतगणना सकिन लागेको छ। यसपटक नेपाली कांग्रेस नै ठूलो दल बनेको छ । देउवाले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउनेगरि गृहकार्य थालेका छन् ।

उता, गठबन्धनको अर्को मुख्य घटक नेकपा (माओवादी केन्द्र) ले पनि सरकार गठनमा चासो राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै नेतृत्वमा सरकार गठनको लागि गृहकार्य थालेका छन् । उनले देउवासँग नै खुलेरे आफूलाई पहिलो चरणमा सरकारको नेतृत्व गर्न दिन प्रस्ताव राखेका छन् । दाहालको प्रस्तावमा देउवाले कुनै ठोस जवाफ दिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्