Logo

आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुँदै



काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको बैठकमा सम्मपन्न आम निर्वाचनको समीक्षाका साथै नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ ।

यसअघि शनिबार पनि पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको पदाधिकारी बैठकले माओवादी जता पनि जान तयार रहेको संदेश दिएको थियो ।

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा (एमाले)सँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुने जनाइएको छ । ४ मंसिरमा सम्मन्न निर्वाचनबाट माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्