Logo

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने



काठमाडौं, १८ मंसिर । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्