Logo

आज इंग्ल्याण्ड र सेनेगल भिड्दै



एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने अन्तिम १६ को खेलमा इंग्ल्याण्ड र सेनेगल भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२ :४५ बजे शुरु हुनेछ ।

उपाधिको दाबेदार इंग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै क्वाटरफाइनलमा पुगे लक्ष्यसहित मैदान उत्रिनेछ । इंग्ल्याण्ड समुह ‘बी’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । चार वर्ष अगाडि रसियामा भएको विश्वकपको अन्तिम चारमा पुगेको इंग्ल्याण्ड घरेलु मैदानमा भएको युरो २०२० को उपविजेता बनेको थियो । त्यसैले यसपटक इंग्ल्याण्ड कुनै गल्ति गर्न चाहन्न ।

यता अफ्रिकन च्याम्पियनपनि क्वाटरफाइनल पुग्ने दाउमा रहेको छ । दोस्रोपटक नकआउट चरणको यात्रा तय गरेको सेनेगल यस विश्वकपमा स्मरणीय बनाउन चाहन्छ । सेनेगल समूह ‘सी’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० गोलले पराजीत हुँदै प्रतियोगिताको शुरुवात गरेको सेनेगलले दोस्रो खेलमा कतारलाई ३-१ र तेस्रो खेलमा इक्वेडरलाई २-१ गोलले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्