Logo

पहिलो चरणमा नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ : रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले पहिलो चरणमा नै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्दा नै देश सही तवरले अघि बढ्ने बताएका छन् । उनले भने,‘अब पहिलोपल्ट, मेरो विचारमा राम्रो गर्नको निम्ति, देश र जनतालाई हाँक्नको निम्ति, जनमुखी कार्य गर्नको निम्ति चाहीँ अहिले प्रचण्ड प्रधानमन्त्री हुन उपयुक्त छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि २३ सिट रहेको कांग्रेसलाई प्रचण्डले नै सरकारको नेतृत्व सुम्पिएको सुनाए । उनले भने,‘उहाँहरुको त्यतिवेला प्रधानमन्त्री हुन्छु भन्ने कल्पना थियो, शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कल्पना थियो ?, थिएन नि । शेरबहादुर देउवा चाहीँ धेरै नबोल्ने तर प्रजातान्त्रिक तवरले हिड्नुहुन्छ ।’

उनले गठबन्धनको सरकार बन्ने र पहिलो चरणमा प्रचण्डलाई बनाउँदा राम्रो हुने सुनाए । उनले प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री नबनेपनि गठबन्धन नटुट्ने दाबी गरे । यद्धपी उनले अहिलेको गठबन्धन युगयुगसम्मको लागि नभएको जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्