Logo

अनु र सरगम राईले ल्याए ‘भाकि सँके’



काठमाडौं, १८ मंसिर । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘’भाकि सँके’’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो ।

केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

‘भाकि सके ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 

 



प्रतिक्रिया दिनुहोस्