Logo

सञ्चारकर्मी पौडेलको ‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक,ऋषि धमलाले दिए शुभकामना



काठमाडौं, १८ मंसिर । सञ्चारकर्मी विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई,दुई दुना चार’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिपोर्टर्स क्लबका सभापति तथा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले गीतको विमोचन गरेका हुन् ।

उनले रिपोर्टर्स क्लबले धेरै इतिहासलाई ब्युताउने र झस्काउने काम गरेको बताए । धमलाले २५ वर्षअघि स्थापना गरेको क्लबको पहिलो वक्ता कृष्णप्रसाद भट्टराई भएको बताए । भट्टराईको जीवनबाट सबैले पाठ सिक्ुनपर्ने भन्दै उनले भने,‘जीवनमा कुनै स्वार्थ नभएको व्यक्ति÷नेता कोही छन् भने त्यो कृष्णप्रसाद भट्टराई हो । उहाँले राजनीतिमा लागेर पैसा कमानुभएन ।’ भट्टराईले आफूलाई भनेको कुरा स्मरण गर्दै धमलाले भने,‘बाबु पत्रकारिता गर्न सक्नुहून्छ तर, सफल र असफल हुन चाँही निकै चनौती छ ।’

सभापति धमलाले क्लबको दास्रो वक्ता नेकपा एमालेका नेता स्वः मनमोहन अधिकारी भएको उल्लेख गर्दैै अधिकारीले आफूलाई काखमा बसाएर फोटो खिचाएको स्मरण गराए । अधिकारीले आफुलाई दिएको ढाडस सम्झदै धमलाले भने,‘तिमिले रोजेको पत्रकारिता चुनौतिपूर्ण पेशा हो, तर इमान्दारिता चाहिन्छ, निष्ठा चाहिन्छ र व्यवसायिकता चाहिन्छ ।’

ती दुई नेताहरुलाई स्मरण गर्दै धमलाले आफ्नो पत्रकारीता व्यवसायिकता भएको स्पष्ट पारे । उनले भने,‘मेरो पत्रकारिता देश, जनतामा सर्मपित हो र मेरो पत्रकारिता सिस्टम प्रतिको पनि हो । जो सुकै प्रधानमन्त्री बनोस् मलाई मतलब छैन् तर देशमा विकास हुनुपर्यो । मैले निर्वाचन अघि गरेको देशभरको यात्रामा पाएको माया,स्नेह र प्रेम भनेको अब मेरो पत्रकारिता देश र जनतामा मात्र समर्पित हुनेछ ।’ देशमा भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभुति दिने र सम्पुर्ण नेपाली जनतालाई खुशी सन्तुष्टि दिलाएर स्वाभिमानको साथ बाच्न सक्ने वातावरण बनाउने आफ्नो दायित्व भएको बताए ।

पूर्वरक्षामन्त्री भिमसेन दास प्रधानले गीतको माध्यमबाट युवा अवस्थामा माया दर्शाउन सकिने बताए । गीतका शब्दलाई नै युवाहरुको मन छुने उनको भनाइ थियो । कार्यक्रममा धेरै वर्ष अघि प्रेमध्वज प्रधानले गाएको ‘यो जनममा भेट नभए अर्को जनममा भेटुला मनमा उठेका ज्वालालाई अर्को जनममा मेटुम्ला’ गीतको टुक्का गाएर सुनाएका थिए । गीतले आफूलाई युवावस्थामा पुर्याउने उनले बताए । गीतको सफलताको शुभकामना दिएका थिए । गीतका गायक डिजराज पौडेलले आज सार्वजनिक गीतको केही अंश गाएर सुनाएका थिए ।

कार्यक्रममा गायिका तथा सञ्चारकर्मी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् । र उनले गीत तथा म्युजिक भिडियोको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

गीतमा गायिका विष्णुमाया पौडेल र चर्चित गायक दिलराज पौड्यालको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पौड्यालको रहेको छ । छायांकन र सम्पादन बाल कुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्कीले गरेका छन् । म्युजिक भिडियोमा वरिष्ठ समाजसेवी भद्र कुमारी घले, अन्जली अधिकारी, सुधीर श्रेष्ठ, लोमस शर्मा, विष्णुमाया पौडेल, घनश्याम र आशिका बस्नेतको अभिनय रहेको छ । कार्यक्रमको आयोजना सहरा महिला समाजले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्