Logo

आर्थिक असमानताले महिला हिंसा



काठमाडौं, मंसिर १९ । महोत्तरी औरहीकी नेहा चौधरी विवाह बन्धनमा बाँधिएकी आठ महिना पुग्न बाँकी छ । उनका पति पंकज चौधरी काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिनिसियन हुन् । चौधरीले दाइजोको निहुँमा शारीरिक र मानसिक यातना दिएपछि उनी न्यायको खोजीमा भौंतारिरहेकी छिन् ।

गोरखाकी तुलसा भण्डारी (नाम परिवर्तन) हाल युरोपमा बस्छिन् । बिहेअघि उनले कमाएको सम्पत्ति सबै श्रीमानको नाममा नामसारी नगरिदिएको निहुँमा बिहे भएको १ महिना पनि नपुग्दै शारीरिक र मानसिक हिंसा सहनुपर्‍यो ।

‘विवाह भएको १५ दिन नपुग्दै सबै सम्पत्ति आफ्नो नाममा गर्नुपर्ने भन्दै श्रीमानबाट हिंसा सहें । विवाह अगाडि कमाएको मेरो सम्पत्तिमाथि मेरो हक नहुने रु हिंसाबाट मुक्त हुनका लागि मैले डिभोर्स दिने तयारी गरिरहेको छु’, उनले भनिन् । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्