Logo

संसद्मा कांग्रेस पहिलो दल



काठमाडौं, मंसिर १९ । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ ।

मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले ५७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर पहिलो दल बनेको हो ।

यो निर्वाचनमा भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी, पञ्चायत कालदेखिकै पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी र तराईमा भर्खर जन्मिएको जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । तर, सत्ता गठबन्धनको एक घटक नेकपा ९एकीकृत समाजवादी० पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।

साना दललाई प्रत्यक्ष र समानुपातिकमा समेत राम्रो मत दिएर पठाउँदै गर्दा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको एकीकृत समाजवादी पार्टीलाई मतदाताले स्वतन्त्रको हैसियतमा पुर्‍याइदिएका छन् ।

उक्त पार्टीका प्रत्यक्षमा निर्वाचित १० सांसद पनि स्वतन्त्र हुने भएकाले संसद्को अंकगणितमा पार्टीको ह्विप नलाग्ने र आगामी संसद्को हरेक निर्णय प्रक्रियामा दलहरूलाई जोखिम बढ्न सक्ने आँकलन नेताहरूले गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्