Logo

विश्वकप फुटबलमा आज पनि दुई खेल



काठमाडौं, मंसिर १९ । फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन्। कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।

जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस्